नियम ५oक
कोषले अनुगमन गर्न सक्ने
(१) सदस्य संस्थाले पेश गरेको कर्जा सुरक्षण सम्बन्धी विवरणको - सम्बन्धमा कोषले ऐनको दफा ४५ को : अधीनमा रही आवश्यकता अनुसार अनुगमन गर्न,सक्नेछ ।

(२) उपनियम (१) को प्रयोजनका लागि कोषले त्यस्तो सदस्य संस्थाको वित्तीय विवरण, वार्षिक सुरक्षण शुल्क गणनाको आधार, कर्जा तथा घितो सुरक्षणको विवरणका सम्बन्धमा अनुगमन गर्न सक्नेछ।

(३) (उपनियम (१) बमोजिम स्थलगत अनुगमन गर्दी कोषले सदस्य संस्थासँग आवश्यक विवरण, कागजात वा जानकारी माग गर्न सक्नेछ।

(४) उपनियम (३) बमोजिम कोषले माग गरेको विवरण, कागजात वा जानकारी उपलब्ध गराउनु सम्बन्धित सदस्य संस्थाको कर्तव्य हुनेछ।